नवलपुर र कपिलवस्तुका २ वडा कर्यालयमा आगजनी

पुस १४ , नवलपुर । गएराति नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा आगजनी गरिएको छ । 

पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो । 

दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन । 

आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ । 

उता, कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय त आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ । गाउँपालिकाकी उपाध्यक्ष कन्यावती उपाध्यायका अनुसार, कागजपत्र, फर्निचरलगायतका सबै सामग्री जलेर नष्ट भएका छन् । 

घटनापछि प्रहरीलाई खबर गरिएको र अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *