तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

 पुस १४, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।   

केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।   

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारा पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिए । सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्त इन्द्रले करिब तीन महिनाअघि हत्या गरिएकी बालिकाकी आमालाई डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए । 

Image result for बालिकाको बलात्कारपछि हत्या

मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ । “पक्राउ परेका चुनाराले अत्यधिक मदिरा सेवन गरेका छन्”, प्रहरी प्रवक्ता चन्दले भने, “बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा निजले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको छ ।” 

अहिले महाकाली अस्पतालमा स्थानीयवासीको भीड लागेको छ । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *