१३ औं सागः राष्ट्रपतिले गरिन् उद्घाटन, दर्शकहरुको भब्य उपस्थिती (फोटोफिचर)

मंसिर १५, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) नेपालमा आज देखि सुरु भएको छ । सागको आज एक आयोजित भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । करीब सवा तीन घण्टा अवधिको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत भइरहेकेा छ ।    

२० वर्षपछि घरेलु मैदानमा फर्किएको यस खेल उत्सवलाई लिएर नेपाली खेलाडीहरु निकै उत्साहित छन् ।   

सन् १९८४ मा पहिलो पटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो । प्रतियोगिताअन्तर्गत महिला फुटबल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पर्यटकीयस्थल पोखरामा तथा ऐतिहासिक नगरी जनकपुरमा कुस्ती खेल हुनेछ ।   

१३ औँ सागका लागि ३१७ स्वर्ण पदक, सोही सङ्ख्यामा रजत सोही सङ्ख्यामा रजत र ४८१ वटा कास्य पदक  कायम गरिएको छ । नेपालले यो प्रतियोगीतामा कम्तिमा पनि दोस्रो स्थान हासिल गर्ने दाबी गरेको छ । 

हेर्नुहाेस् फाेटाेफिचर 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *