४ वर्ष देखी फरार अभियुक्त पक्राउ

पुष १, बीरगञ्ज । प्रहरीले बिगत ४ वर्ष देखी फरार रहेका एक अभियुक्तलाई सोमबार पक्राउ गरेका छन् ।   

ज्यान मार्ने उद्योग मुद्धामा ४ वर्षदेखि फरार रहेका बहुदरमाई नगरपालिका –४ बस्ने २२ वर्षीय राजेश यादवलाई प्रहरीले  पक्राउ परेका हो । 

हिजो साँझ गाउँबाटै पक्राउ गरेको परेका राजेशले २०७२ असार २५ गते जिल्ला पर्सा १६ वर्षीय सुनिल यादवलाई लाठी फाटाले कुटपिट गरी घाइते बनाएका थिए ।   

उनको कुटपिटबाट घाइते  भएका सुनिलले उनी बिरुद्ध उजुरी दिएपछी राजेशमाथी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *