साईप्रसमा नेपाली विद्यार्थी झुण्डिएको अवस्थामा मृत फेला

२०७६ मंसिर २३ गते

मंसिर २३, साईप्रस । ६ महिनाअघि मात्र साईप्रस पुगेका एक नेपाली विद्यार्थी आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
साईप्रसको पापोस शहरमा झापा जिल्लाको दमक स्थायी घर भएका २३ वर्षीय धकराज कार्कीले झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
परिवारको आर्थिक अवस्था कमजोर भएको र त्यहाँ काम पाउन समस्या परेकाले मानसिक तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने साईप्रस प्रहरीले जानकारी दिएका छन् ।
विद्यार्थी भिसामा साईप्रस पुगेका उनी निकोसिया सहरको सिटी युनिटी कलेजमा अध्ययनरत थिए ।

२०७६ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित