१३ औं सागः उसुमा निमाले जितिन् स्वर्ण

मंसिर १९, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण हात पारेको छ ।   

लगनखेलस्थित आर्मीको कभर्ड हलमा भएको उसुको थाउलो अन्तर्गत नान्दोमा निमा घर्तिमगरले स्वर्ण जितेकी हुन् ।   

उनले कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन्। १६.३ अंक बटुलेकी बंगलादेशकी मोर्जिना अख्त्तरले रजत पदक पाइन्। 

यसअघि सन् २०१६ मा भारतमा भएको १२औं सागमा पनि निमाले स्वर्ण नै जितेकी थिइन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *