महिला हिंसा रोक्नको लागि आरएन वुमेनको १६ दिने अभियान सम्पन्न

मंसिर २४, काठमाडौं । महिलामाथि हुने हिंसा रोकथामको लागि रिकभरिङ नेपाल वुमेनले १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०’ को आयोजना सम्पन्न गरेको छ ।   

अभियानको अन्तिम दिन आज आयोजक संस्था आरएन वुमेनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उक्त १६ दिने अभियानबारे जानकारी गराएको हो ।   

‘लागु औषध विरुद्धको लडाईंले हिंसालाई सक्षम बनाउँछु, लागु पदार्थको प्रयोग हिंसा र दुरुपयोगको लागि बहाना होईन’ भन्ने मूल नाराका साथ उक्त अभियान चलाईएको रिकभरिङ नेपाल वुमेनकी टिम लिडर सोनाम शेर्पाले जानकारी दिइन् ।   

उनका अनुसार गत नोभम्बर २५ मा काठमाडौंदेखि सुरु गरिएको उक्त अभियान नोभेम्बर २६ देखि काठमाडौं उपत्यका बाहिर एकैसाथ ७ वटा प्रदेशमा डिसेम्बर ९ सम्म अभियान चलाइएको थियो ।   

उनले भनिन्, ‘हामीले यो अभियान सातवटै प्रदेशमा सञ्चालन गर्यौँ आज अन्तिम दिन काठमाडौंमा गरियो ।’ उनकाअनुसार उक्त अभियान सञ्चालनको लागि आफूहरुलाई हानी न्यूनीकरण अन्तर्राष्ट्रिय नेटवर्क (रिन) ले सहयोग गरेको छ ।   

प्रत्येक वर्ष डिसेम्बर १० मा महिला हिंसाविरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तरर्राष्ट्रिय अभियान मनाईँदै आईएको छ । यसै सम्बन्धमा आरएन महिला र हानी न्यूनीकरण अन्तर्राष्ट्रिय नेटवर्कले लागुऔषध प्रयोग गर्ने महिलाविरुद्ध हुने हिंसालाई सबै प्रकारले अन्त्य गर्न आह्वान पनि गरेका छन् । हिंसाविरुद्धको अन्तरक्रियामा लागुऔषधमा फसेका महिलाहरुलाई समाजमा अन्य नागरिकजस्तै सम्मान पाउनुपर्नेमा जोड दिइएको छ । 

कार्यक्रममा राजनितिक विशलेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसीले मानिसहरुलाई स्रोत धेरै भएको र उक्त स्रोतलाई कसरी न्यून गर्ने कुराको कारण लागुऔषध प्रयोगकर्ता समाजमा बढेको तर्क गरे । 

उनले भने, ‘छोराले लागुऔषधी प्रयोग गर्दा छोरालाई विभिन्न माध्यमबाट लागुऔषधीको प्रयोगलाई छुटाउन प्रयास गरिन्छ । तर महिलाले गर्यो भने घरबाटै निकाला गर्न र बीच बाटोमै छोड्ने गरिन्छ । विश्वव्यापी रुपमा महिलाको अवस्था गाह्रो रहेको छ ।’ 

लागुऔषधमा फसेको महिलालाई बीच बाटोमा छोड्न नहुने उनको तर्क छ । केसीले थपे,‘उनीहरुलाई सकेको सहायता गर्नुपर्छ । सरकार पक्षनै बेचबिखनमा संलग्न छ ।’ महिला बेचबिखन गर्ने मानिसनै भोली गएर ठूलो पदवी सम्हालेर बस्ने गरेको बताए । सरकार यसबारेमा कमजोर रहेको समेत बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *