१३ औं साग अपडेटः ४२ किलोमिटर म्याराथन दौडमा किरणसिंह बोगटीले जिते स्वर्ण पदक
२०७६ मंसिर २१ गते

मंसिर २१, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।
आज बिहान ७ बजे दशरथ रंगशालाबाट सुरु भएको ४२ किलोमिटर म्याराथन दौडमा उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।
भारतका राशपल सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेण्डको समयसहित रजत जिते । भारतकै श्री सिंहले २ घण्टा २२ मिनेट ०७ सेकेण्डसहित कास्य जिते । महिला म्याराथनको स्वर्ण पदक श्रीलंकाले जितेको छ । नेपालकी हिरुनी केसीले रजत जितिन्।
null
दौडमा पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी रहेकाे थियाे । पुरुष र महिला दुवैमा नेपालबाट २२ जना सहभागी थिए । पुरुषतर्फ किरणसिंह बोगटी र होमलाल श्रेष्ठ तथा महिलातर्फ पुष्पा भण्डारी र राजपुरा पछाई सहभागी थिए ।
२०७६ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित








