कपडा किन्न हिँडेकी १७ वर्षिय किशोरी बेपत्ता

मंसिर २०, गुल्मी । गुल्मीमा घर देखी कपडा किन्न जान्छु भनेर  हिँडेकी एक १७ वर्षिय किशोरी बिगत २० दिन देखी बेपत्ता भएकी छिन् ।  प्रहरीका अनुसार गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर–५ रजस्थल दोबाटाकी १७ वर्षिय पूजा अर्याल बेपत्ता भएकी हुन् ।   

उनी मंसिर १ गते बिहान  सदरमुकाम तम्घासमा जाडोमा लगाउने कपडा किन्छु भन्दै घरबाट हिँडेकी र हाल सम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ ।   

छोरी हराएर पिडामा रहेका उक्त परिवारलाई छोरीकै  फेक आइडीबाट अपरिचित एक व्यक्तिले कहिले भारतमा छु भन्ने त कहिले  म जीवन र मरणको दोसाँधमा छु भनेर म्यासेज गर्ने गरेकाे पूजाका बाबु नारायणप्रसादले जानकारी दिएका छन् । 

छोरी हराएको यत्रो दिन बितिसक्दा नि छोरी नभेटीपछी  प्रहरीले यस विषयमा खासै वास्ता नगरेको पूजाको  परिवारले आरोप छ ।  तर जिल्ला प्रहरी प्रमुख  एसपी राजेन्द्र सिंह खड्का भने आफूहरुले सक्दो पूजाको खोजीकार्य गरीरहेको जानकारी दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =