३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्दै

मंसिर २३, काठमाडौं । फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्ने  भएकी छन् । उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन्। 

प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो। उनले यही साता पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ। 

नयाँ सरकारमा पाँचवटा दल सहभागी हुने भएका छन्। 

null

हुलाक सेवामा भएको हडतालको विषयमा प्रधानमन्त्री रिन्नेले विश्वासको मत गुमाएका थिए। त्यसपछि उनले राजीनामा गरे। 

प्रधानमन्त्रीको पद सम्हालेपछि मरिन विश्वकै सबैभन्दा कम उमेरकी पदासीन प्रधानमन्त्री बन्नेछिन्। युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको उमेर ३९ वर्ष भयो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *