दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल

२०७६ मंसिर २८ गते

मंसिर २८, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुई दिन गुप्तवास बसेर पार्टीको प्रतिवेदन तयार पारेका छन् ।
यही मंसिर २९ गते बस्ने पार्टीको स्थायी समिति बैठकमा पेश गर्नेगरि उनले प्रतिवेदन तयार पारेको उनीनिकट स्रोतले जनाएको हो ।
कार्यकारी अध्यक्षको महत्वपूर्ण जिम्मेवारी पाएपछि दाहालले आफूलाई पार्टीभित्र सक्रिय बनाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा उनले दुई पटक सचिवालय बैठकसमेत बोलाईसकेका छन् ।
null
हिजोपनि सचिवालय बैठक बोलाईएको थियो । तर, स्थायी समितिको बैठकमा पेश गर्नेगरि तयार पारेको प्रतिवेदनलाई अन्तिम रुप दिनको लागि उनी यतिवेला बरिष्ठ नेता माधव कुमार नेपालसँग आन्तरिक छलफलमा व्यस्त छन् ।

२०७६ मंसिर २८ गते
प्रतिक्रिया