१३ औं सागमा शुक्रबार कुन कुन इभेन्ट भए (तस्विरमा)

मंसिर २०, काठमाडाैं । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल ४१ स्वर्णसहित अंकतालिकाको दोस्रो स्थानमा छ। पहिलाे स्थानमा ८१ स्वर्णसहित भारत छ। 

बिहीबार ३६ स्वर्ण जितेको नेपालले शुक्रबार ५ स्वर्ण थपेको छ । नेपालका लागि पौडीमा गौरिका सिंह, ५ हजार मिटर दौडबाट गोपीकृष्ण कार्पी र भारत्तोलनबाट विकास थापाले स्वर्ण दिलाए। यसैगरि नेपालले गल्फको व्यक्तिगत र टिम इभेन्टबाट थप एकएक स्वर्ण थपेको छ। 

सागमा नेपालले शुक्रबारसम्म ५९ रजत र २५ कास्य जितेको छ। २३ स्वर्णसहित श्रीलंका तेस्रो र १९ स्वर्णसहित पाकिस्तान चौथो स्थानमा छ।   

४ स्वर्ण जितेको बंगलादेस पाँचौ स्थानमा छ भने १ स्वर्णसहित माल्दिभ्स छैठौं स्थानमा छ। एक स्वर्ण पनि नबटुलेको भुटान अंकतालिकाको पुछारमा छ। भुटानले ६ कास्य जितेको छ।   

भारतमा भएको सागको अघिल्लो संस्करणमा नेपाल जम्मा ३ स्वर्णसहित घर फर्किएको थियो। नेपालले उसु, जुडो र पुरुष फुटबलमा स्वर्ण जितेको थियो। 

हेर्नुहाेस फाेटाे फिचर  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *