‘ईन्नोभेसन एण्ड ईन्टेलिजेन्स’ थिमसहित ओपोले गरे ओडीसीको उद्घाटन

पुष ३, २०७६, काठमाडौं । ‘ईन्नोभेसन एण्ड ईन्टेलिजेन्स’ थिमसहित ओपोले २०१९ ओपो डेभलपर्स कन्फरेन्स (ओडीसी)को उद्घाटन गरेको छ ।   

सम्मेलन मार्फत कम्पनीले डेभलपर्स र पार्टनर्सका साथमा नयाँ ईन्टेलिजेन्ट सर्भिस ईकोसिस्टमको सह-निर्माणका लागि तीन पहल बारे जानकारीसमेत गराएको छ ।   

ओपोद्वारा घोषित ३ पहलमा डेभलपर सपोर्ट प्रोग्राम ‘ग्राभिटी प्लान २.०’का लागि ओपोले सन् २०२०मा आरएमबी १ बिलियन (करिव यूएसडी १४३ मिलियन) लगानी छुट्याएको छ । त्यसैगरी ‘फाइभ सिस्टम लेभल क्यापेबिलिटी ईन्जिन्स’ र ‘आईओटी ईनेबलमेन्ट प्लान’ रहेका छन् । 

null

पछिल्लो बर्ष ओपोले आफ्नो कलरओएस सञ्चालन प्रणाली अन्तर्गत वैश्विकस्तरमा ३२० मिलियन भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता र आफ्नो एप्लिकेसन्स, सेवा र कन्टेन्ट ईकोसिस्टममा प्रयोगकर्ताको संख्यामा बृद्धिका साथ नयाँ ईकोसिस्टम निर्माणमा उल्लेख्य प्रगति हात पार्न सफल भएको छ ।   

आजको मिति सम्म आईपुग्दा १ लाख २० हजार भन्दा बढीको संख्यामा डेभलपर्सले ओपोको ओपन प्ल्याटफर्ममा जोइन गरिसकेका छन् भने यसको ओपन क्यापेबिलिटी सेवाको प्रयोग प्रति दिन ३ बिलियन पटक भन्दा बढी हुने गरेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =