१३ औँ सागः ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमै, भारत शीर्षस्थानमा

मंसिर २४, काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकूदमा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ ।   

नेपालले ५१ रजत तथा ८३ कास्यसहित कूल १८३ पदक जितेको छ । भारत पदक तालिकाको शीर्षस्थानमै रहेको छ । भारतले १४३ स्वर्ण, ८३ रजत र ४३ कास्यसहित कूल २६९ पदक जितेको छ ।   

श्रीलङ्का ३६ स्वर्ण, ७६ रजत र १०७ कास्यसहित तेस्रो, पाकिस्तान ३० स्वर्ण, ३३ रजत र ४९ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३० रजत र ७५ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छटौँ तथा भूटान पाँच रजत तथा १३ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । 

पदक तालिकाः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *