प्रदेश ५ को राजधानी र नामाकरण समितिले आज प्रतिवेदन बुझाउँदै

२०७६ मंसिर ३० गते

मंसिर ३०, काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले डेढ वर्षपछि सोमबार आफ्नो प्रतिवेदन बुझाउँदै छ ।
समितिले प्रदेशको नाम र राजधानी सिफारिस गरेर सभामुख पुर्णबहादुर घर्तीलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
प्रदेशको स्थायी राजधानी र नामाकारण सहमति वा नभए प्रदेशसभाको दुई तिहाई बहुमतबाट टुङ्गो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेशको नाम लुुम्बिनी र स्थायी राजधानीका लागि तीन ठाउँ बुटवल–सैनामैना कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको श्रोतले बताएको छ ।
null
सिफारिस समितिको प्रतिवदेनको सम्पुर्ण विवरण सदन खुलेपछि बाहिर आउने छ । आइतबार बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो ।

२०७६ मंसिर ३० गते
प्रतिक्रिया
सम्बन्धित