कराँतेमा नेपाललाई सात स्वर्ण र दुई रजत

मंसिर १६, काठमाडौं । कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा नेपालले स्वर्ण  पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा अनु अधिकारीले नेपाललाई स्वर्ण पदक दिलाएकी छन् । सातदोबाटो स्थित कराते हलमा भएको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अनुले श्रीलङ्काली खेलाडीलाई ८-० अङ्कले पराजित गरिन् । उनले टिक्निकल नक आउट गरेकी हुन् । 

यसअघि नेपालकी कुसुम खड्काले बंगलादेशकी फमिदा अख्तेरलाई ८-० अङ्कले नक आउट गर्दै स्वर्ण जितेकी थिइन् । 

यस्तै श्रीलंकालीले पाकिस्तानकि खेलाडी गुल सबिरोलाई ३-१ अङ्कले पराजित गरेकी थिईन । कराँतेमा सोमबार ९ वटा स्वर्ण पदकका लागि भएको खेलमा नेपालले ७ वटा स्वर्ण र दुईवटा रजत जितेको छ । कातामा ३ र कुम्तेमा ४ वटा जितेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *