लायन्स फुडल्याण्डको उद्घाटन, मुनाफाको ५ प्रतिशत सामाजिक कार्यमा लगानी गरिने

मंसिर २, चितवन । लायन्स क्लवमा आवद्ध भएकाहरुको एक समुहले चितवनको रत्ननगरमा लायन्स फुडल्याण्ड पार्टी भेनु तथा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।   

अनौपचारिक रुपमा केही समयअघि नै सञ्चालन भएतापनि सो फुडल्याण्डको सोमबार औचापरिक शुभारम्भ गरिएको हो ।   

नगर भित्रका २८ जना युवाहरुको लगानीमा फुडल्याण्ड संचालन गरिएको लायन्स क्लब अफ चितवन नेशनल पार्कका अध्यक्ष समेत रहेका फुडल्याण्ड संचालन समिति अध्यक्ष निरज श्रेष्ठले जानकारी दिए । जसमा ८० लाखको लगानी गरिएको छ । फुडल्याण्डबाट भएको मुनाफाको ५ प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने अध्यक्ष श्रेष्ठले बताए ।   

दुई वर्षभित्र फुड बैंक समेत स्थापना गर्ने तयारी छ । सडक पेटीमा खान नपाई हिँड्नेहरुका लागि निः शुल्क खाना खाने व्यवस्था हुने अध्यक्ष श्रेष्ठको भनाई छ । फुड ल्याण्डको एक कार्यक्रमका बीच लायन्स क्लव इन्टरनेशनल ३२५ बि टु का प्रथम डिष्ट्रिक गर्भनर शम्भु नकर्मीले उद्घाटन गरे ।   

सो अवसरमा रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, पूर्वी चितवन कुखुरा व्यवसायी संघका अध्यक्ष भीम नारायण श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष रघुनाथ भट्ट, लायन्स क्लवका डिष्ट्रिक एडभाईजर योगेन्द्र नाथ अधिकारी, जोन चियर पर्सन उमेश गिरी लायन्स क्लव अफ रत्ननगर मिड नेपालका अध्यक्ष प्रकाश शर्मा, लायन्स क्लब अफ चितवन नेशनल पार्कका द्धितिय उपाध्यक्ष भीष्मकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =