मोरङका कार्यवाहक वडाध्यक्ष र ललितपुरका इन्जिनियर घुससहित पक्राउ

मंसिर ४, काठमाडौं । मोरङको जहदा गाउँपालिका वडा नम्बर १ का कार्यवाहक वडाध्यक्ष उमेशकुमार साह घुससहित पक्राउ परेका छन् ।   

इटहरीबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साहलाई २१ हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।   

वडा नं. १ स्थित, हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण योजनाको सम्झौता गरी कार्यान्वयन लगायतका कार्यमा सहजिकरण गरीदिने भन्दै सेवाग्राहीसँग २१ हजार लिइसकेको अवस्थामा साहलाई बुधनगरको वडा कार्यालयबाट नियन्त्रणमा लिइएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।   

Image result for अख्तियार

त्यस्तै अख्तियारले ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महेन्द्र महर्जनलाई १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ ।   

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।   

ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महर्जनले सेवाग्राहीको घरको निर्माण सम्पन्न पश्चात निर्माण सम्पन्न प्रमाण–पत्र लिनका लागि १० हजार रकम लाग्छ भन्दै घुस लिएको अख्तियारको आरोप छ ।   

दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =