आइएमईबाट पैसा पठाउँदा इन्द्रराजले जिते दुई गुणा बढी रकम

कात्तिक २७, काठमाडौं । यूकेबाट नेपालमा आफन्तलाई पठाउँदा इन्द्रराज शेरचनले दुई गुणाबढी रकम पाएका छन् । दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित हुँदै शेरचनले दुई गुणा बढी रकम पाएका हुन् ।   

शेरचन सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विजेता घोषित भएको आइएमईले जनाएको छ । उनले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए ।   

शेरचनले युके स्थित रिया मनि ट्रान्स्सफर  मार्फत रु ५०,१३७/- नेपालमा पैसा पठाएका थिए । अफर अन्तर्गत जसको दुई गुणा हुन आउने रकम रु १००,२७४/- जितेका छन् । पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उनका आफन्त चेलीमाया गौचनले लिएकी छिन् । 

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त कूल ७७ दिनसम्म कायम रहनेछ ।   

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *