तिलक राईको मुख्य एजेन्डा ‘भ्रष्टाचार मुक्त धरान’ बनाउने

कार्तिक २९, धरान । उपनिर्वाचनको समय नजिकिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेद्वार तिलक राई जनमतका लागि घरदैलो कार्यक्रममा व्यस्त छन् ।
मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा धरानमा मेयर तार सुब्बाको निधनपछि रिक्त रहेको पदका लागि उम्मेद्वारी दिएका राई आफ्नो जित सुनिश्चित गर्न तथा चुनावी अभियानलाई प्रभावकारी बनाउन घरदैलो दौडाहमा लागेका हुन् । घरदैलोमा उनी मत माग्नुका साथै आर्शिवाद लिने तथा जनताको गुनासो, समस्या, चाहनाहरुको पनि टिपोट गरिरहेका छन् ।
भ्रष्ट्राचारको अन्त्य गरि कर घटाएर विकास गर्ने मुल एजेन्डा बनाएर मत मागिरहेका तिलकलाई धरानका वडाहरुमा भव्य स्वागत भइरहेको छ।

१७ नम्वर वडाको रेल्वेचोक, सुनौलो मार्ग, साङपाङ मार्ग, टेम्के मार्ग, हङकङ रोड, क्षितिज टोल, यलम्वर मार्ग, रत्नमार्ग बिष्णुमाया मार्ग, उदय टोल लगायका टोलमा तिलकलाई स्थानिय मतदाताले स्वागत गरेका थिए ।
घरदैलोका क्रममा स्थानिय खेमराज भण्डारीले यसपाली मत बदल्ने र आफू परिवर्तनको पक्षमा मत हाल्ने बताए । उनी जस्तै सोही वडाका लिलापौडेल, देबि भण्डारी, सुमित्रा राई, शमशेर तामाङ्ग लगायत पनि आफ्नो मत बदल्ने तथा तिलक राईको भ्रष्टाचार मुक्त अभियानमा साथ दिने बताउँछन् ।








