जर्मन क्लब क्याम्प नोउमा स्तब्ध, मेस्सीको ७०० खेल

मंसिर १२, काठमाडौं । बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गए राती क्याम्प नोउमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–१ ले पराजित गर्दै बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रदेश गरेको छ ।
जर्मन क्लब डर्टमुन्डलाई पराजित गर्ने क्रममा बार्साका तीन खेलाडीले गोल गरे । खेलको २९ औं मिनेटमा कप्तान लियोनल मेस्सीको पासमा लुइस स्वारेजले पहिलो गोल गरे । त्यसको ५ मिनेटमा स्वारेजकै पासमा मेस्सीले बार्साका लागि ७०० गोल गर्दा बार्सिलोना पहिलो हापमा २–० को अग्रता बनाउन सफल भयो ।
खेलमा डर्टमुन्डलाई नियन्त्रणमा राखेको बार्साका लागि तेस्रो गोल फ्रेन्च खेलाडी एन्टोनी ग्रिजमेनले गरे । उनले खेलको ६७ औं मिनेटमा मेस्सीकै पासमा आकर्षक गोल गर्दै च्याम्पियन्स लिगमा ब्यक्तिगत गोलको खाता खोले । पराजित डर्टमुन्डका लागि दोस्रो हापमा मैदान आएका जोर्डन सान्चोले ७७ औं मिनेटमा आकर्षक गोल गरे ।

यस अघि खेलको पहिलो हापमा स्वारेजले मेस्सीकै पासमा गोल गरेपनि भिएआरबाट अफ साइट भएको थियो । यस्तै गए राती भएका लिगका अन्य खेलमा साविक लिग विजेता लिभरपुल र नापोलीले बराबरी खेलेका छन् ।
उनीहरुले १–१ गो गरे । समुह चरणको अन्तिम खेलमा पाहुना टोली नापोलीसँग बराबरी गरेपछि लिभरपुललाई लिगको अन्तिम १६ मा प्रवेश गर्न अब अन्तिम खेल कुर्नुपर्ने भएको छ । खेलमा नापोलीका ड्रिएस मार्टिन्सले २१ औं मिनेटमा गोल गरेका थिए । यता लिभरपुलका तर्फबाट ६५ औं मिनेटमा डेजान लोभ्रनले गोल गर्दै टिमलाई हारबाट जोगाए ।
यता समुह चरणको अर्को खेलमा इटालियन इन्टरमिलान विजयी भएको छ । मार्टिनेज चम्किँदा इन्टरले चेक क्लब स्लाभिया प्रहालाई उसकै घरेलु मैदानमा १–३ ले पराजित गर्यो । खेलमा इन्टरलाई लाई मार्टिनेजले २ गोल गर्दा अर्को गोल रोमेलु लुकालुले गरे । स्लाभिया प्रहाका तर्फबाट सान्त्वना गोल खेलको ३७ औं मिनेटमा पेनाल्टी मार्फत तोमास सोउचेकले गरे ।
यता डच क्लब आयाक्सले फ्रेन्च क्लब लिलेलाई पराजित गर्दै अन्तिम १६ मा जाने बाटो अझै खुल्ला राखेको छ । आयाक्सले लिलेलाई उसकै घरमा २–० गोलले पराजित गर्यो








