कैलालीको भजनीमा सनराइजको शाखा स्थापना, दधिकोट र धापासीमा एक्सटेन्सन काउण्टर बिस्तार
२०७६ कार्तिक २९ गते

कात्तिक २९, काठमाडौँ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न ठाउँमा शाखा र एक्सटेन्सन काउण्टर विस्तारगर्दै आइरहेको छ । यसै क्रममा बैंकले बिहीबार कैलालीस्थित भजनीमा १२३ औँ शाखा सञ्चालनमा ल्याएको छ ।
बिहिबार आयोजित एक कार्यक्रमकाबीच भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरी र सनराइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा शाखाकार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनिउपस्थिति रहेको थियो । सोहि दिन बैकले भक्तपुरस्थित दधिकोटमा ७ औं तथा काठमाडौंस्थित धापासीमा८ औं एक्सटेन्सन काउण्टर पनि विस्तार गरेको छ ।
२०७६ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित








