डिपो कपको आईतबारको खेलमा विष्णु, आईडियल, नेपाल पुलिस र एक्वा डायनस्टी स्कुल बिजयी

मंसिर ८, धरान । धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा जारी १६ औ ललित अम्बर डिपो कपको आईतबारको खेलमा ४ विद्यालय  बिजयी भएको छ ।  आज भएको पहिलो खेलमा विष्णु स्कुल धरान ९ र  आईडियल ईङ्गलिस स्कुल धरान १३ तथा दोश्रो खेलमा नेपाल पुलिस स्कुल धरान १३ र एक्वा डायनस्टी स्कुल बिजयी बनेको छ । 

सोही खेलमा विष्णु स्कुलले युरेका स्कुललाई २/१ गोल अन्तरले पराजित गरेको छ । निर्धारीत खेलमा विष्णुका नेहाल लिम्बु र ओम राईले गोल गरेका थिए भने युरेकाका इसान्त रिजालले एक गोल फर्काएका थिए । यस्तै दोश्रो खेलमा आईडियल स्कुलले डिपो स्कुल ख लाई १-० गोल अन्तरले पराजित गरेको छ । जितका लागी आईडियलका सुलभ लामिछानेले एकमात्र निर्णायक गोल गरेका थिए । 

आज नै भएको तेश्रो खेलमा नेपाल पुलिस स्कुलले नवज्योति स्कुललाई ३-० गोल अन्तरले पराजित गरेको छ । पुलिसका तर्फबाट समिर राई, सारीया खड्काले गोल गरेका थिए भने एक गोल नवज्योतिको तर्फबाट सुसाईड गोल भएको थियो ।   

त्यसैगरी आज भएको अन्तिमा खेलमा भने एक्वा डायनस्टिले होलिल्यान्ड स्कुललाई १-० गोल अन्तरले पराजित गरेको छ । खेलमा एक्वाका अनोज लिम्बुले निर्णायक गोल गरेका थिए । आईतबारको खेल सँगै नेपाल पुलिस स्कुल बाई पाएर पोल क बाट सेमिफाईनलमा प्रवेश गरेको छ । पोल बि बाट आईडियल र एक्वा डायनस्टी स्कुल सेमीफाईनमा भिड्नेछ ।   

भोली सोमबारको ललित अम्बर डिपो कपको क्वाटर फाईनलमा डिपो स्कुल क र विष्णु स्कुलको खेल दिउँसो २ बजेबाट हुनेछ । यस खेलबाट जुन स्कुल बिजयी बन्छ त्यो स्कुलले सेमीफाईनलमा नेपाल पुलिस स्कुल संग भिड्नेछ । 

भोली सोमबारबाट नै लेट दिलकुमार प्लेट च्याम्प्यानसिपको खेल समेत सुरू हुने भएको छ । भोलीको प्लेट कपको पोल क को पहिलो खेल विहान १० बजेदेखि मेरील्यान्ड स्कुल र धरान आर्दश स्कुलबीच हुनेछ । प्लेटको पोल ख को दोश्रो खेल साढे ११ बजे इमानुएल स्कुल र इर्स्टन स्कुलबीच हुनेछ । पोल क को विजेताले युरेका स्कुल संग र पोल ख को विजेताले होलिल्यान्ड स्कुल सँग सेमिफाईनल खेल्नेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =