भायनेटको छ क्या लभ्ली अफर याेजनामा ६४ मेगा पिक्सलकाे क्यामरा

मंसिर ११, काठमाडौं । इन्टरनेट सर्भिस प्रोभाइडर  भायनेट कम्युनिकेसन्सले सञ्चालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुको लागि ‘क्या लभ्ली अफर’ नामक योजना बजारमा ल्याएको छ । 

यस योजना अन्तर्गत ग्राहकहरुले मात्र रु. ३४,००० मा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र ६४ मेगापिक्सल क्यामरा भएको XIAOMI REDMI NOTE 8 PRO प्राप्त गर्नेछन् । त्यसैगरी मात्र रु. २७,७०० मा ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र XIAOMI REDMI NOTE 8 प्राप्त गर्नेछन् ।   

यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरुले मात्र रु. १८,७९० देखि Samsung र Skyworth को ३२” देखि ४३” सम्मका LED TV हरुका साथै इन्टरनेट र फ्रि नेट टि.भी. प्राप्त गर्न सक्नेछन् ।  यस योजना अन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको छ ।   

सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्सले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्दै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =