धनुषामा सवारी दुर्घटना, पूर्व सांसदको मृत्यु
२०७६ कार्तिक १५ गते

कार्तिक १५, जनकपुर । धनुषामा आज (शुक्रबार) सवारी दुर्घटना हुँदा पूर्व सांसदको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ स्थित विश्वकर्मा चोकमा यात्रुबाहक बसको ठक्करबाट पूर्व सांसद ६० वर्षीय राम लखन महतोको मृत्यु भएको हो ।
मृतक महतो साईकलमा सवार थिए । विश्वकर्मा चोकमा विपरीत दिशाबाट आइरहेको बा५ख ८८५ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएपछि उनी घाइते भएका थिए । उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने यात्रुबाहक बस र चालक प्रहरी नियन्त्रणमा छ । महतो तत्कालीन नेकपा एमालेबाट २०५१ मा निर्वाचित सांसद थिए ।
उनी तत्कालीन नेकपा एमालेबाट २०५१ मा निर्वाचित सांसद हुन् ।
२०७६ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित








