दैलेखमा माइक्रो बस दुर्घटनाः ३ जनाको मृत्यु, १३ घाइते

मंसिर १३, काठमाडौं । दैलेखको गुराँस गाउँपालिकामा माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।   

सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको माइक्रोबस गुराँस गाउँपालिका–४ मुङ्ग्राहामा दुर्घटना हुँदा ३ जनाको मृत्यु हो । मृत्यु हुनेहरुमा दुई जना पूरुष र एक जना महिला रहेका छन्।   

१३ घाइतेहरुलाई उपचारका लागि सुर्खेत अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरि वलीले जानकारी दिए ।   

Image result for दुर्घटना

माइक्रो बस सडकदेखि करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । माइक्रोका चालक फरार छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =