आज पारस र सन्दीप एक आपसमा भिड्दै

मंसिर ६, काठमाडौँ । यूएईमा जारी टी १० लिग क्रिकेट प्रतियोगिता अन्तरर्गत आज नेपालका खेलाडीद्वय पारस खड्का र सन्दीप लामिछाने एकआपसमा भिड्दै छन् । पारस आवद्ध टिम अवुधावी र सन्दीप आवद्ध कर्नाटका टसकर्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।   

खेल नेपाली समय अनुसार राति ९ः ४५ बजदेखि सुरु हुनेछ । जारी खेलमा दुई पटक मात्रै मौका पाएका पारसले नट आउट चार रन बनाएका छन् भने सन्दीपले ६ विकेट लिएका छन् । 

टी १० को पहिलो खेलमा एक विकेट लिएका सन्दीपले दोस्रो खेलमा २ विकेट लिएका हुन्। सन्दीप तेस्रो खेलमा भने टी १० कै सर्वाधिक महँगो बलर बने । यो खेलमा विकेटविहिन बनेका सन्दीपले ३५ रन खर्चिएका थिए । चौथो खेलमा १ विकेट हात पारेका सन्दीपले पाँचौं खेलमा भने २ विकेट लिए । 

null

पाँचौ खेलमा उनको ब्याटबाट ५ रन पनि बनेको थियो । उता पारस पहिलो खेलमा १ रन तथा दोस्रो खेलमा ३ रनमा नट आउट भएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =