अजय देवगनको ‘तानाजी’को ट्रेलर सार्वजनिक
२०७६ मंसिर ४ गते

मंसिर ४, भारत । बलिउड अभिनेता अजय देवगन फिल्म ‘तानाजीः द अनसंग वारियर’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म एक बायोग्रापिकल पीरियड ड्रामा हो । तानाजी मालुसरेको जिन्दगीमा आधारित रहेको छ ।
यो फिल्म अजय देवगनको १०० औ फिल्म हो । उनी फिल्ममा छत्रपति शिवाजी महाराजको सुबेदार मालसुरे भुमिकामा प्रस्तुत भएका छन् । फिल्ममा अजयसँगै काजोल र सैफ अली खानको पनि अभिनय रहेको छ । सैफ उदय भानको भुमिकामा देखिएछन् भने काजोल सावित्री मालुसरेको भुमिकामा देखिएकी छिन् ।
ओम राउतले निर्देशन गरेको फिल्म जनावरी १० अर्थात पुस २५ गते देखि प्रदर्शन हुँदैछ । एजेन्सी

https://youtu.be/cffAGIYTEHU
२०७६ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








