श्रीमतीको हत्या गरी फरार रहेका रामबाबु पक्राउ

कार्तिक १९, बीरगञ्ज । पर्सा प्रहरीले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेर फरार रहेका एक व्यक्तिले पक्राउ गरेको छ ।   

१९ वर्षिय श्रीमती निपु देवी हजरा दुसादको हत्याको आरोपमा  २८ वर्षिय उनका श्रीमान् रामबाबु हजरा दुसादलाई  पर्साको जिराभवानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार गत आईतबार श्रीमतीसँगै   बि आर २२ एम ४५०८ भारतीय नम्बरको मोटरसाइकलमा ससुराली जाँदै गरेका रामबाबुको बाटैमा श्रीमतीसँग विवाद भएपछी बीच बाटैमा मोटरसाइकल रोकी पेट्रोल सकियो पेट्रोल किनेर ल्याउँछु भन्दै नजिकैको पसलबाट १५ रुपैयाँको चक्कु किनेर उक्त चक्कुले श्रीमतीको हत्या गरी फरार रहेका थिए । 

पक्राउ परेका रामबाबुमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *