ट्रम्पमाथि महाभियोग चलाउने पक्षमा २३२ भोट खस्यो, विरोधमा १९६ भोट मात्रै

कार्तिक १५, काठमाडौं । अमेरिकाको हाउस अफ रेप्रिजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव चलाउने प्रस्ताव स्वीकृत गरेको छ ।   

बिहिबार चलेको प्रस्तावमा महाअभियोग चलाउने पक्षमा २ सय ३२ भोट खसेको थियो भने विरोधमा १ सय ९६ भोट मात्रै खस्यो ।   

ट्रम्पलाई पदबाट हटाउनका लागि २० रिपब्लिकन सांसदले आफ्नै राष्ट्रपतिविरुद्ध भोट हाल्नु पर्नेछ । यद्यपि, यसको सम्भावना कमै हुन्छ । अहिलेसम्म अमेरिकी राजनीतिक इतिहासमा कुनै पनि राष्ट्रपतिलाई महाभियोगमार्फत् हटाइएको छैन । अमेरिकाका १७ औं राष्ट्रपति एन्ड्रयू जोनसन र ४२ औं राष्ट्रपति बिल क्लिैटनविरुद्ध महाभियोग प्रक्रिया चलेको थियो तर दुवैजना यसबाट बचेका थिए । 

Image result for ट्रम्प

ट्रम्पमाथि आफ्ना विरोधी जो बिडेन र उनका छोराविरुद्ध युक्रेनी ग्यास कम्पनीमा भ्रष्टाचार अनुसन्धानका लागि युक्रेनमाथि दबाब दिएको आरोप छ । 

प्रस्तावमा सार्वजनिक अनुसन्धान गर्न र यसको नेतृत्व कांग्रेसको गोप्य मामलाको समितिका प्रमुख एडम स्किफलाई दिन भनिएको छ । समितिका प्रेसिडेन्ट म्याक्गवर्नले राष्ट्रपतिद्वारा शक्तिको दुरुपयोग, राष्ट्रिय सुरक्षा र चुनाव प्रक्रियाको गोप्य सम्झौता गरेको प्रमाण आफूसँग भएको बताए । 

राष्ट्रपति ट्रम्पमाथि महाभियोगको मामलाको अनुसन्धान प्रतिनिधि सभाको ६ समितिले गर्नेछ । सबैभन्दा बलियो मामलालाई न्यायिक समितिमा पठाइनेछ । यसमा गलत काम भएको प्रमाण नभेटिए ट्रम्प सुरक्षित हुनेछन् भने प्रमाण भेटिए प्रतिनिधि सभा महाभियोगका विभिन्न धारा लगाउनका लागि मतदान हुनेछ । त्यसपछि मुद्दा सिनेटमा जानेछ, सिनेटले विभिन्न धारामा सुनुवाई गर्नेछ । ट्रायलमा सिनेटले ट्रम्पलाई दोषी देखाउनका लागि भोटिङ गर्नेछ । (यो सम्भावना कम छ किनभने सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ) 

यो मतदानमा दुई तिहाईभन्दा कम भोट आए ट्रम्प पदमा रहिरहनेछन् । धेरै भोट आए ट्रम्पले पद छोड्नु पर्नेछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =