छापा: प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्ष, भारतको बलमिच्याइँ, एसएसबीको अवरोध, सीमास्तम्भ अब डिजिटलमा

मंसिर १, काठमाडौँ ।  आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुको फ्रन्ट पेजमा फरक फरक विषयका समाचारले ठाउँ पाएको छ । आजको नयाँ पत्रिका दैनिकले प्रधानमन्त्ती केपी शर्मा ओलीको स्वास्थ्य सम्बन्धी समाचालाई प्रमुख समाचारको रुपमा छापेको छ ।  

नयाँ पत्रिकाका अनुसार प्रधानमन्त्रीको क्रयाटिनिन लेभल ६.३ मिलिग्राम रहेको छ । यसको अर्थ मिर्गौलाले १० प्रतिशतभन्दा पनि कम काम गर्दै छ । त्यसैले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्ष निकालिएको छ ।  

नयाँ पत्रिकाका अनुसार मिर्गौला प्रत्यारोपणका लागि विदेश जान सल्लाहकारको मत रहेको छ भने स्वदेशमै प्रत्यारोपण गर्न चिकित्सकको सुझाव रहेको छ । यो समाचालाई प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्ष शीर्षकमा नयाँपत्रिकामा समाचार छापेको छ  । 

त्यस्तै आजको गोरखापत्र दैनिकले सीमा विवादको समस्या समाधान सम्बन्धी समाचारलाई ‘सीमास्तम्भ अब डिजिटलमा’ शीर्षकमा समाचार छापेको छ ।  त्यसैगरी आजको नागरिक दैनिकले ‘भारतको बलमिच्याइँ, एसएसबीको अवरोध, विद्यार्थीसँग झडप शीर्षकमा समाचार छापेको छ ।   

अन्य पत्रपत्रिकामा छापिएका फ्रन्ट पेजका समाचार यस प्रकार छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =