प्रचण्ड नेतृत्वमा ६० जना नेकपाको टोली चीन जाँदै
२०७६ मंसिर १४ गते

मंसिर १४, काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६० जनाको टोली चीन जाने भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा ६० सदस्यीय टोली आउँदो २४ गते चीन जान लागेको हो ।
नेकपा श्रोतका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच भएको सहमतिअनुसार टोली १० दिने भ्रमणका लागि चीन जान लागेको हो । तर अध्यक्ष प्रचण्ड भने ३ दिन बसेर फर्किने बताइएको छ ।
दुई पार्टीबीच भ्रमण आदानप्रदान गर्ने सहमति भएको थियो । नेकपाका अनुसार अध्यक्ष प्रचण्डको नेतृत्वको टोलीमा स्थायी समिति सदस्यहरु १० जना हुनेछन् भने केन्द्रीय सदस्य र पार्टीका केही जिल्ला अध्यक्षसमेत रहनेे बुझिएको छ ।
null
२०७६ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित








