जिब्रोबाट यसरी थाहा पाउँनुस् व्यक्तीकाे स्वभाव

मंसिर २ ।  शरीरको सानो अंग भएतापनि जिब्रोलाई वशमा राख्न नसकेमा यसले धेरै नोक्सानी गर्न सक्ने कुरामा हामी अनभिज्ञ छैनाैं नै । जिब्रोको आकार र मोटाइबाट पनि मानिसको व्यक्तित्व झल्किन्छ । 

जसको जिब्रो मोटो छ त्यस्ता किसिमका मानिसहरू गनगन गर्ने, रिसाहा तथा झगडालु स्वाभावका हुन्छन् । यस्तो मोटो जिब्रो भएको मानिसले प्रायजसो घरमा शासन जमाएको हुन्छन् । लामो जिब्रो भएको मान्छे बुद्धिमान् हुन्छन् । यदि, महिलाको जिब्रो लामो छ भने ती महिलाले श्रीमानलाई धेरै माया गर्छिन् । 

त्यसैगरी पातलो जिब्रोे भएको मानिसहरू धेर बोल्ने किसिमका भएतापनि यस्ता जिब्रो भएका मानिसहरुको हृदय सफा हुन्छ । जिब्रो सानो हुने मानसिहरू कम बोल्ने तथा शान्त स्वाभावका हुन्छन् । जुन मानिसको जिब्रो चुच्चो किसिमको छ उनीहरू स्पष्ट वक्ता हुन्छन् । तर, यस्तो जिब्रो भएका मानिसहरू षड्यन्त्रको बुन्न र अर्काको विरोध गर्न निकै नै चलाख हुन्छन् । 

Related image

जिब्रो रातो भएको मानिसहरु अलि फरक स्वभावका हुन्छन् । यस्ता जिब्रा भएका मानिसहरू डराउने स्वभावका हुन्छन् । गोलो जिब्रो भएका मानिसहरु कोमल ह्रदय भएका साथै कुनै छलछाम नगर्ने किसीमका हुन्छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *