आजको पञ्चाङ्ग र तपाईँको यो साताको राशिफल, शुभअशुभ रंग र नम्बरसहित

कात्तिक १६, काठमाडौँ । आज मिति २०७६ साल कार्तिक १६ गते शनिबार  तदअनुसार नोभेम्बर २ तारिख सन् २०१९ । वि.सं. २०७६ कात्तिक १६। शनिबार। इ.स. २०१९ नोभेम्बर २। शकसंवत् १९४१। 

 परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। षष्ठी, २८:२६ उप्रान्त सप्तमी। नक्षत्र– पूर्वाषाढा, २६:४६ बजेउप्रान्त उत्तराषाढा। योग– सुकर्मा, ११:२९ बजेउप्रान्त धृति। करण– कौलव, १६:१४ बजेदेखि तैतिल, २८:२६ बजेउप्रान्त गर।  

आनन्दादिमा मातंग योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ६:१५ बजे, सूर्यास्त– १७:१८ बजे र दिनमान २७ घडी ५ पला। छठ पर्व। डाला पूजा। त्रिपुष्कर योग २८:२६ बजेदेखि। 

null

तपाइको यो सप्ताहमेषरोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । 

वृषयो साता चोटपटकको भयछ सचेत रहनुहोला । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा दुविधा उत्पन्न हुनेछ । मंगलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कर्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मिथुनशुभकार्यको चर्चा चल्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ कार्यको अवसर मिल्नेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग वैजनी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । 

कर्कटरमणीय र सुखद् यात्राको योग छ । घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ महिला मित्र बाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आमदानीका स्रोत बढ्ने छन् । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

सिंहयो सातामा कार्य सम्पादनमा सहजता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमीको सहयोगपनि प्राप्त हुनेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग सिन्दुरे वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

कन्यासाताको सुरुका दिनमा दबाब र तनाव बढेको महसुस हुने र केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला । आँटेको र ताकेको कार्य पुरा होला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग गुलाबी वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको दर्शन गरे सफलता मिल्नेछ । 

तुलाचिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । 

वृश्चिकनसोचेको ठाउँबाट धनागम हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोवारमा मन्दी आउनेछ । सामान हराउने योगछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग आकासे गुलाबी हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । 

धनुधार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग नीलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व महाकालीको आरधनागरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ । 

मकरयो सातादआफ्नो विचार विपरित निर्णय हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । सोमवारबाट प्रेम प्रस्तावपनि आउन सक्छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ । 

कुम्भसामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । घरमा अतिथीको आगमन हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरणगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ । 

मीनविशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सवारी साधनको खरिद बिक्री हुने योग छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कलकारखाना र बन्दव्यापारमापनि फाइदा हुनेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको ध्यानगरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 19 =