मोरङ धनपालथान गाँउपालिका २ उपनिर्वाचन, ८०.८५ प्रतिशत मतदान

मंसिर १४,विराटनगर । मोरङको धनपालथान गाँउपालिका २ मा उपनिर्वाचन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको उपनिर्वाचनमा ८०. ८५ प्रतिशत मतदान भएको छ । ४ हाजार ७४ जना मतदान भएको उक्त वडामा करिब ८१ प्रतिशत मत खसेको थियो । बिहान ७ बजे देखि सुरु भएको मतदान बेलुका ५ बजे सम्पन्न भएको थियो ।
उक्त स्थानमा ३ हजार २ सय ९४ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए । दुईवटा मतदान स्थल रहेको धनपालथान २ मा पाँचवटा मतदान केन्द्र रहेको थियो । उक्त केन्द्रमा जम्मा ४ हजार ७६ मतदाता कायम रहेकोथियो ।
समाजवादी र फोरमका संयुक्त उम्मेदवार वडा नम्बर २का वडा अध्यक्ष पदमा कांग्रेसका तर्फवाट नारायणप्रसाद साह रहेको छ ।
null
साहलाई उम्मेदवार बनाए पश्चात समाजवादी पार्टीले साहलाई समर्थन गर्दै आफ्नो उमेदवारी दिएका थिएनन् । भने नेकपा वाट पंकज कुमार मण्डल प्रतिप्रर्धामा रहेका छन् । नयाँ मतदातामा अधिकांश १८ देखि २० वर्ष उमेर समुहका थिए








