मासुको विषयमा विवाद हुँदा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

कार्तिक २०, सिरहा । बुधबार बिहान सिरहामा मासुको विषयमा श्रीमतीसँग सामन्य विवाद हुँदा एक श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा स्थानीय रामबाबु पासवानले उनको श्रीमती कवितादेवी पासवानलाई जथाभावी बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिएका छन् । 

 बिहान कवितादेवीले  मासु किनेर खाने भन्दै रामबाबुलाई पैसा माग्दा नदीएपछी बिवाद उत्पन्न भएकाे थियाे ।  घाँटीलगायत शरिरको बिभिन्न स्थानमा बन्चरो प्रहार गर्दा घटनास्थलमै श्रीमतीकाे मृत्यु भएपछी हाल रामबाबु फरार भएकाे प्रहरीले जनाएको छ ।  

Image result for बन्चरो प्रहार गरी श्रीमतीको हत्या

फरार हरेको रामबाबुको तीब्र रुपमा खोजीकार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *