सिद्धबाबालाई बलात्कार अभियोगमा पक्राउ गर्न अदालतले दियो अनुमति

मंसिर १३, काठमाडौं । जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ गर्न अनुमति दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अदालतले गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
सिद्धबाबा भनिने गिरीलाई पक्राउ गर्ने तयारी भइरहेको सुनसरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले बताए ।

गत कात्तिक ४ मा सिद्धबाबा भनिने गिरीमाथि आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लागेको थियो ।
प्रहरीले भने सुरुमा पीडितले बलात्कार भएको भन्दै दिएको उजुरी लिन मानेको थिएन । त्यसपछि पीडित महिलाले महानगरीय प्रहरी परिसर काठमाडौं हुँदै केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी दिएकी थिइन्।
प्रहरीले उजुरी जिल्लामा नै फर्काएको थियो। गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ। प्रहरीले अदालतबाट पक्राउपुर्जी लिएर पक्राउ गर्ने तयारी गरिरहेको छ।








