सुनचाँदीको मूल्य ह्वातै घट्यो

कार्तिक २०, काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य नै घटेको छ । आज सुनको मूल्यमा ६ सय रुपैयाँ घटेको र चाँदीको मूल्यमा २० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज छापावाल सुन तोलमा ६ सय रुपैयाँ घटेर प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी तेजावी सुनमा पनि आज तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ । 

बुधबार चाँदीको मूल्यमा पनि २० रुपैयाँ घटेर प्रतितोला ८ सय ४५ मा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।   

Image result for सुन किन्दै ग्राहक

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *