सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्प गयो

२०७६ कार्तिक २६ गते

कार्तिक २६, काठमाडौँ । मंगलबार बिहान सुदूरपश्चिमका पहाडी भेगको केही जिल्लामा भूकम्प गएको छ ।
आज बिहान ७ः४५ मा सुदूरपश्चिमका बैतडी, दार्चुलालगायत जिल्लामा भारत केन्द्रविन्दु भएर चार दशमलव छ रेक्टर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर भूकम्प गएको हो।

२०७६ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित