उपनिर्वाचन सुरुः धरान उपमहानगरपालिकाको मेयरका लागी २३ जना भीड्दै

मंसिर १४, धरान । आज देशैभरी ३७ जिल्लामा ५२ पद र ३३४ उम्मेदवारका लागी चुनाव हुँदै छ । यसैक्रममा सुनसरीको धरान उपमहानगरपालिकाकोमा मेयर पदका लागी उपनिर्वाचन हुँदै छ । उम्मेद्धवारहरु भने २३ जना रहेका छन् । उम्मेद्धवारहरुमा नेकपाबाट प्रकाश राई र नेपाली कांग्रेसबाट तिलक राईले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, नेपाल लोकतान्त्रिक पार्टीबाट नित्यराज काफले, राप्रपा लोकतान्त्रिकबाट भीम बहादुर लिम्बु, आमुल परिबर्तन मसिहा पार्टीबाट छत्रबहादुर बिश्वकर्मा, समाजवादी पार्टीबाट गजेन्द्र बहादुर लिम्बु, नेकपा मालेबाट एकराज सुब्बा, साझा पार्टीबाट राजन कुमार श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बरबहादुर लिम्बु, राप्रपा संयुक्तबाट कुमार बराईली, राप्रपाबाट रोशन बिश्वकर्माले उम्मेद्धवारी मनोनयन गरेका छन् । 

त्यसैगरी मेयर पदमा राजनीतिक दल बाहेक स्वतन्त्रबाट दावा शेर्पा, हर्कराज राई, श्यामकृष्ण पहाडी, बिशाल थापा, दिनेश श्रेष्ठ, एनिषा राई, कुमार भट्टराई, अमृत कुमार राई, जर्नाधन कोईराला, मनराज राई र रुद्र बस्नेत कोे पनि उम्मेद्वारी परेको छ ।   

२०७४ सालमा मतदाताको संख्या ८९ हजार ८ सय ४९ रहेको थियो भने  त्यती बेलाका उम्मेद्धबार नेकपा एमालेका तारा सुब्बा ,नेपाली काग्रेसका तिलक राई र नेकपा माओवादी केन्द्रका अईन्द्र बिक्रम बेघा रहनुभएके थियो भने उनीहरुले क्रमशः २० हजार ९ सय ७५, १६ हजार १ सय २ र ११ हजार १ सय ८० मत प्राप्त गरेका थिए भने हाल त्यी मतदाता संख्या बढेर ९१ हजार ८ सय ८३ पुगेको छ ।   

उता वडा नं  ७ मा २०७४ मा मतदाता संख्या १९८४ रहेको थियो  भने त्यतीबेलाको उम्मेदवारहरुमा तत्कालीन नेकपा एमालेका ० भुपेन्द्र राज मोक्तान ६३६ कांग्रेसका सुवर्ण श्रेष्ठले ३८३ र (माओवादी केन्द्रका) धनकुमार कन्दङगवाले  १५० मत पाएका थिए ।   

त्यहाँ पनि हाल आएर मतदाता संख्या बढेको छ र २०२५ पुगेको छ  भने हाल त्यहाका उम्मेद्धबार उम्मेदवार नेकपाबाट जीवनराज सुवेदी,कांग्रेस बाट सुवर्णमोहन पालिखे,संघीय लिम्बुवान मञ्चबाट ,नीता राई र राप्रपाबाट दिनेश शाक्य बन्नुभएको छ । 

निर्वाचनमा धरानमा मेयर पदका नेकपाका उम्मेद्वार प्रकाश राई धरान १८ स्थित कारमेल हाई स्कुलको निर्वाचन बुथमा मतदान गर्दै जनपरिचालनको हिसाबले आफूले जित हासिल गरिसकेको तर, घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन् भने नेपाली कांग्रेसका उम्मेद्वार तिलक राई र स्वतन्त्र उम्मेद्धबार हर्क साम्पाङ राईको पनि धरान १८ कारमेल हाई स्कुमा नै भोट गरेका थिए जहाँ नेपाली कांग्रेसका तिलक राईले जनताको बौद्धिकतामा उभार आएको उल्लेख गर्दै कांग्रेसको जित सुनिश्चित भएको दाबी गरेका छन् भने अन्य दल तथा स्वतन्त्र उम्मेद्वारी दिनेहरुले पनि आफुहरुलाई  जनताहरुले साथ दिने भन्दै बिजयी हुने दावी गरेका छन् ।   

अब यो स्थानीय चुनावमा कस्को जित हुने त्यो हेर्न अबको केही दिन भोट गन्तीलाई पर्खिनुपर्ने  देखिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =