चितवनको भरतपुर विमानस्थल १० दिन बन्द !

मंसिर १२, काठमाडौं । चितवनको भरतपुर विमानस्थल १० दिनका लागि बन्द हुने भएको छ ।   

विमानस्थलको रनवेको ओभार–ले तथा पार्किङ वे विस्तारका लागि मंसिर १५ गतेबाट २४ गतेसम्म चितवनको भरतपुर विमानस्थल बन्द गर्न लागिएको हो ।   

यो समयमा कुनै पनि उडान तथा अवतरण नुहने हुँदा हवाइ सेवा प्रदायक कम्पनीलाई उडान तालिका मिलान गर्न भनिएको छ ।   

Image result for चितवनको भरतपुर विमानस्थल

रनवे ठाँउ ठाँउमा भत्किएको तथा उप्किएको कारण मर्मत गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *