भाईलाई छुरा प्रहार गरी गम्भिर घाइते बनाउने दाई पक्राउ

२०७६ मंसिर ३ गते

मंसिर ३, ताप्लेजुङ । गएराती ताप्लेजुङमा मादक पदार्थ सेवन गरी आफ्नै भाईलाई छुरा प्रहार गरी गम्भिर घाईते बनाउने एक दाईलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय दोभानका अनुसार मैवाखोला गाउँपालिका १ पठ्याङ्ग्रेमा मदक पदार्थ सेवन गरेका स्थानिय ३६ वर्षीय कालु थेबेले घरयासी बिवाद हुँदा आफ्नै भाई २७ वर्षीय सन्तोष थेबेलाई छुरा प्रहार गरी गम्भिर घाईते बनाएका थिए ।
प्रहरीका अनुसार घाइते सन्तोषलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ भने पक्राउ परेका कालुमाथी अनुसन्धान भईरहेको छ ।

२०७६ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित