देउवाको गम्भीर आरोपः ओलीको सल्लाहमै भारतले नक्सा छाप्यो, नेपालद्वारा भारतलाई औपचारिक पत्र, वार्ताको प्रस्ताव, मेडिकल कलेजले फिर्ता गरेनन् शुल्क, विद्यार्थी अन्यौलमा

मंसिर ८, काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशन हुने राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुमा आज विभिन्न विषयका समाचारले स्थान पाएका छन् । पत्रपत्रिकाहरुमा मेडिकल कलेजको विषयदेखि नेपाल भारत सीमा समस्या सम्बन्धी समाचारहरु फ्रन्ट पेजमा छापिएका छन् ।   

आजको नयाँ पत्रिका दैनिकले सीमा विवादका विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री नै संलग्न भएको भन्दै आरोप लगाएको विषयलाई आजको फ्रन्ट पेजको समाचार बनाएको छ । नयाँ पत्रिकाले ‘प्रतिपक्षी नेता देउवाको गम्भीर आरोपः ओलीको सल्लाहमै भारतले नक्सा छाप्यो’ शीर्षकमा समाचार छापेको छ ।   

यता गोरखापत्र दैनिकले भने सीमा समास्या समाधान गर्न सरकारले थालेको पहल कदमीका विषयमा समाचार बनाएको छ । गोरखापत्रमा नेपालद्वारा भारतलाई औपचारिक पत्र, समस्या समाधान गर्न वार्ताको प्रस्ताव शीर्षकमा समाचार छापिएको छ ।   

आजको कान्तिपुर दैनिकले मेडिकल कलेजले विद्यार्थीको अतिरिक्त शुल्क फिर्ता नगरेको विषयलाई प्राथमिकताका साथ फ्रन्ट पेजमा छापेको छ भने मेडिकल पढ्ने विद्यार्थी अन्यौनलमा शीर्षकमा समाचार छापिएको छ ।   

पत्रपत्रिकामा छापिएका अन्य विषयका समाचार यसप्रकार छ ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *