कार्तिक २०, काठमाडौँ । बिहिबार सुनको मूल्यमा ४ सय रुपैयाँ बद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कायम भएको छापावाल सुन आज प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी तेजावी सुनमा पनी आज तोलामा ४ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७० हजार ३ सय रुपैयाँमा बिक्री बितरण भईरहेको छ ।
बिहिबार चाँदीको मूल्यमा पनी तोलामा ५ रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ५० मा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।