नेकपा सचिवालयले तय गर्यो उपनिर्वाचनका उम्मेद्वार, कास्की २ मा विद्या, धरानमा प्रकाश राई

कात्तिक १७, धरान । धरान उपमहानगरपालिकाको मेयर पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

नेकपाको आज बसेको सचिवालय बैठकले धरान उपमहानगरपालिकाको मेयर पदका लागि प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपा धरान कमिटिले धरानबाट उम्मेदवारको लागि प्रकाश राई सहित बेणु काफ्ले र चोत्लुङको नाम सिफारिस गरेको थियो । त्यसमा क्षेत्रिय कमिटिले पुनः विजय राईको समेत नाम थप गरेर केन्द्रमा पठाएको थियो ।   

प्रकाश राईको नाम नेकपा सचिवालयले पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मकालु खबरलाई भने ।   

यसैगरी नेकपा सचिवालयले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वर्गिय रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेको छ । भने, प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वलीलाई उठाउने निर्णय गरेको छ । भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *