‘चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा चलचित्र पर्यटनलाइ समेत प्रबर्धन गर्नेछौ’ अध्यक्ष नायक नवराज श्रेष्ठ

कार्तिक २५, काठमाडौँ । आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ को भब्य तयारि भईरहेको छ । यस बर्ष चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा  नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म हुने भएको छ । 

 यो कार्यक्रमको मुख्य आयोजकमा Global Nepali film Award LLC , USA, Nepal Film Society, Nepal र Golden State Movie Maker LLC, USA रहेका छन् भने सहआयोजकहरुमा 8848 Media House LLC र Himalayan Foundation Corp रहेका जानकारी ग्लोबल नेपाली फिल्मका अध्यक्ष नायक श्रेष्ठले गराए । 

बिगत तिन संस्करण सम्म कोलोराडो को डेन्भर शहरमा सम्पन्न भएको उक्त अवार्ड नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबर्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, सिनेमा टुरिजम बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्र्याउने अवार्डका उद्देश्यपनि रहेका छन् । त्यसैले बिगत देखिनै यस ग्लोबल नेपाली फिल्म अवार्डले  ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ । 

नेपाली फिल्म ईण्डस्ट्रिजलाइ विश्व बजार सम्म फैलाउने उदेश्यको साथ आयोजना गर्दै आएको यस कार्यक्रमको यो चौथो संस्करण झन् व्यापक र बृहत हुने र संसारभर बसोबास गर्ने नेपाली को सहभागिता समेत हुने भएका छन् । 

अवार्डको मुख्य “अवार्ड सो “नोबेम्बेर ३० को दिन बर्कलिको यु सी थिएटरमा हुनेछ । त्यस्तै कार्यक्रमको भोलि पल्ट बिहानै भिजिट नेपाल २०२० लाइ प्रमोसन गर्ने उदेश्यले सम्पूर्ण  कलाकार सहितको सहभागितामा बर्कलि सिटिको मुख्य सडकनै बन्द गरि ”नेपाल डे परेड” मनाइने  र सोहि दिन साँझ सान फ्रान्सिस्को बे मा कलाकारहरु सहितको फेयरवेल ईभेण्ट भब्य क्रुजमा समेत हुनेछ । 

चलचित्र पर्यटनलाइ विश्वसामु परिचित गराउदै नेपाललाई चलचित्र सुटिङ स्पटको रुपमा बिकशित गर्दै विश्व बजारमा नेपालको प्राकृतिक सौन्दर्यलाइ उजागर गर्ने, अधिकतम रुपमा पर्यटकलाइ नेपाल भित्र्याउने र संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मीहरुलाइ पुनर्मिलन तथा सम्मान गर्ने मुख्य उदेश्य रहेको अध्यक्ष नायक नवराज श्रेष्ठ बताए । उनले सम्म्पुर्ण देश बिदेश मा छरिएर बसेका कलाकार, चलचित्र पत्रकार, कला साहित्य, कलालाई माया गर्ने सबैलाई यस कलाकारहरुको महायज्ञमा भाग लिन अनुरोध पनि गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *