ट्रम्प र नेटो प्रमुखबीच छलफल हुँदै

  

कार्तिक २४ वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गसँग ह्वाइट हाउसमा सुरक्षा र लगानीका विषयमा छलफल गर्ने भएका छन् । ह्वाइट हाउसका अनुसार उक्त भेटवार्ताका क्रममा नेटो गठबन्धनका मुलुकबाट दामासाहीले नेटोका लागि खर्च जुटाउने उपायका बारेमा मुख्य रुपमा छलफल हुनेछ ।   

साथै, गठबन्धन मुलुकहरुको प्रतिरक्षा, आतंकवाद र साइबर आक्रमण समेतका अन्य चुनौतीहरु विरुद्ध लड्न साझा रणनीति बनाउन अवलम्बन गर्नुपर्ने नीतिका बारेमा पनि छलफल हुने ह्वाइट हाउसले जनाएको छ ।   

Image result for ट्रम्प र नेटो प्रमुखबीच छलफल हुँदै

राष्ट्रपति ट्रम्प नेटो प्रमुखहरुको आगामी डिसेम्बरको शुरुमा हुने सम्मेलनमा सहभागी हुन लन्डनको भ्रमण गर्नेछन् । राष्ट्रपति ट्रम्पका कारण गठबन्धनका मुलुकबीचको एकताकै विषयमा प्रश्न उब्जिरहेको अवस्थामा नेटो स्थापनाको ७०औं वार्षिकोत्सव लन्डनमा मनाउन लागिएको छ ।   

ट्रम्प प्रशासनले नेटोमा अमेरिकी लगानी अत्यधिक रहेको र यो बोझ अमेरिकाले मात्र उठाउन नसक्ने बताउँदै गठबन्धन मुलुकले प्रतिरक्षा खर्चमा योगदान बढाउन दबाब दिइरहेको छ । यसबाहेक अमेरिकासँग केही जल्दाबल्दा विषयमा पनि मतान्तर छ । खासगरी इरानी आणविक मुद्दा, उत्तरी सिरियामा टर्कीले गरेको सैन्य हस्तक्षेप तथा उत्तरी सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने अमेरिकी निर्णयमा नेटो गठबन्धनमा विवाद छ ।   

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले हालै मात्र रणनीतिक सहयोगको कमी र संयुक्तराज्य अमेरिकाको नेतृत्वबाट भएको कमजोरीका कारण नेटो गठबन्धनमा ठूलो संकट आएको बताएका थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *