१७ जुवाडे पक्राउ

मंसिर २, काठमाडौँ । आईतबार राती प्रहरीले झापामा जुवातास खेली रहेको अवस्थामा रकमसहित १७ जनालाई पक्राउ गरेका छन् ।   

झापाको भद्रपुर नगरपालिका ५ भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा ती १७ जनालाई पक्राउ गरेको हो ।   

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले  भद्रपुर नगरपालिका– ६ बस्ने ४१ वर्षीय संजित घोस लगायत १७ जनालाई नियन्त्रणमा लिएको हो ।   

Image result for जुवाडे पक्राउ

पक्राउ परेका उनीहरुको साथबाट  नगद २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ र १ थान तास फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल उनीहरुमाथी कारवाहीको लागि आवश्यक अनुसन्धान भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *