घर नजिकै बैतडीमा वडाध्यक्ष मृत भेटिए

मंसिर ४, बैतडी ।   बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको बुधबार बिहान निधन भएको छ । 

अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृत अवस्थामा भेटिएका वडा नं ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए । 

गए राति कैलपाल मन्दिर धुराजातमा सहभागी भएका वडाध्यक्ष चन्द बुधबार बिहान मृत फेला परेका हुन् । प्रहरीको टोली घटनास्थल पुगेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किशन चन्दले जानकारी दिए ।  रासस 

Image result for मृत

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =