प्रदेश १ का सबै मन्त्री ऋणमा ! एक जनाकै ऋण साढे २ करोडभन्दा बढी

मंसिर विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाहेक सबै मन्त्रीहरु ऋणमा देखिएका छन् । गत बर्ष मन्त्रीहरुको सम्पत्ति विवरण खुलाउन आनाकानी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यसपालि सार्वजनिक गरेको छ । 

गत वर्ष जस्तै यो वर्ष पनि चारैजना मन्त्रीले आफूहरुले ऋणमा रहेको देखाएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो २ करोड ७१ लाख ऋणमा छन् । व्यवसायको लागि बैंकबाट ऋण लिएको उनले बताएका छन् । 

सामाजिक विकासमन्त्री जीवन घिमिरेले १ करोड २२ लाख ८७ हजार ऋण लिएको विवरण गत बर्ष पेश गरेका थिए । एक बर्षमा उनले एक बैंकबाट लिएको ४ लाख ३२ हजार घटाएको बताएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश प्रसाद कुसियत पनि १८ लाख ऋणमा छन् । उनले एक बर्षमा ५५ लाख सम्पत्ति थप गरेको देखिन्छ । 

आन्तरिक मामिला ताथ कानु मन्त्री हिक्मत कुमार कार्कीले गत बर्ष झैं यो बर्ष पनि ३ लाख रुपैयाँ ऋण रहेको विवरण पेश गरेका छन् ।  यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eighteen =